धनगढी: धनगढीमा राँगोले हान्दा एक किशोरी गम्भिर घाइते भएकी छिन्।
आफैले घरमा पालेको राँगोले हानेर धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरीलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीलाई रागोँले हानेपछि उनको गुप्ताङ्ग र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताए।उनको निसर्ग हस्पिटलमा आईसीयूमा राखेर उपचार भइरहेको डीएसपी बोहराले बताए।