धनगढी,वैशाख ४। कैलालीको धनगढीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
चेक अनादर मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय नैन अहमद पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकेपछि फरार रहेका अहमद हिजो बुधवार पक्राउ परेका छन्। अहमदलाई धनगढी उपमहानगरपालिका–१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अदालमा पेश गरेको छ।