कैलालीमा अचेत अवस्थामा भेटिएका पूर्ववडाध्यक्षको मृत्यु

धनगढी:कैलालीको घोडाघोडी नगरपालिका–९ मा अचेत अवस्थामा भेटिएका पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विष सेवन गरेर अचेत भएका शाहको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।शाह बिहीबार दिउँसो करिब १ बजे सिमली खोलाको किनारमा अचेत अवस्थामा फेला परेका थिए।

घटनास्थलमा प्रहरीले एक सुसाइड नोट समेत फेला पारेको जनाएको छ।२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका शाह हाल एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्ष रहेका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.