
धनगढी:। कैलाली प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
आज दिउँसो अन्दाजी ३ः३० बजे धनगढी उपमहानगरपालिका–१३,राजपुरमा खटिएको जिल्ला प्रहरी कार्यालय,कैलालीको टोलीले ८ ग्राम ८० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लु.प.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोलाबाट लागुऔषध फेला परेको हो।
मोटरसाइकल चालक नवलपरासी जिल्ला,पालिनन्दन गाउँपालिका–०४ का २८ वर्षीय अंकित कुमार निगम बानिया र पछाडि सवार बाजुरा जिल्ला,त्रिवेणी नगरपालिका–०८ का २५ वर्षीय मेकेन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बानिया गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक पनी हुन्।पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
