डडेलधुरामा एक गोठमा आगलागी

डडेलधुरा,वैशाख ६। डडेलधुरामा एक गोठमा आगलागी भएको छ।शुक्रवार बिहान जिल्लाको आलिताल गाउँपालिका–३ सहरी दुला बस्ने राम दत्त भट्टको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।सो आगलागीको कारण बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.