नेवि संघको स्थापना दिवसमा दुर्गा लक्ष्मी क्याम्पसमा वृक्षारोपण

अत्तरिया:गोदावरी नगरपालिकाको दुर्गा लक्ष्मी बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

ने.वि.संघको ५६औँ स्थापना दिवसको अवसर पारेर ने।वि संघ दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस इकाई समितिले“राष्ट्रियता, लोकतन्त्र ,समाजवाद विद्यार्थी एकता” भन्ने नारा सहित क्याम्पस परिसरमा वृक्षारोपणको साथै सरसफाई कार्यसमेत गरेको हो।कार्यक्रममा सहभागी गोदावरी नगरपालिका वडा नं.२ का वडा सदस्य डबल साउँदले नेपाल विद्यार्थी संघ (नेवि संघ) इकाई समिति दुर्गा लक्ष्मी क्याम्पसले आयोजना गरेको वृक्षारोपण कार्यक्रम जलवायु संरक्षणका लागि महत्वपूर्ण पहल भएको बताएका छन्। साउँदले वर्तमान समयमा जलवायु परिवर्तनको असरका कारण स्वच्छ हावा र पानीको अभाव महसुस भइरहेको बताए।

साथै, लामो समयदेखि परिरहेको सुख्खा यामले भविष्यमा थप जटिल समस्याहरू निम्त्याउने सम्भावना रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा वृक्षारोपण जस्ता कार्यक्रमहरू आवश्यक र समयानुकूल भएको धारणा व्यक्त गरे।उनले यस्तो कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न तथा जनचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी एल.आर.ओझाले नेवि संघ इकाई समितिले विद्यार्थीहरूमा वातावरणप्रति चेतना फैलाउने तथा क्याम्पसलाई हरियाली, सफा र व्यवस्थित बनाउने लक्ष्यका अघि बढेको बताए। उनेल क्याम्पस वरपर ६० भन्दा बढी फूल,कागती,अम्बा,आँपलगायतका बोटबिरुवाहरू रोपिएको जानकारी दिए।उनले रोपिएका बोटबिरुवाको नियमित हेरचाह र संरक्षण गरिने बताए। साथै, इकाई समितिले वृक्षारोपण मात्र नभई विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिहरू गर्दै आएको र आगामी दिनहरूमा सबैलाई पायक पर्ने थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको ओझाले स्पष्ट पारे। उनले ने.वि.संघ दुर्गालक्ष्मी इकाईले आगामी दिनमा पनि सामाजिक, शैक्षिक र वातावरणीय गतिविधिहरूलाई निरन्तरता दिने बताए।वृक्षारोपण तथा सरसफाई कार्यक्रममा हालै सम्पन्न स्ववियु चुनावमा विजयी भएका भुवन महरा नेतृत्वको प्यानलले सक्रिय सहभागिता जनाएको थियो। भने विद्यार्थीहरु लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। यस सङ्गठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.