Agni Offset Press

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

Aarati simant

काठमाडौँ : काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ । सीआईबीले आर्थिक विषयमा अनुसन्धान अगाडी बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए । प्रसाईंको खातामा अस्वभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ । प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनलाई तीनकुनेको घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठीत अपराधमा अनुसन्धान गर्न म्याद लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि अनुसन्धान गरिरहेको छ । उनलाई भारतको आसामबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो। पहिलो पटक १२ दिन म्याद थप गरेको प्रहरीले अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.