अत्तरिया : कञ्चनपुरका २१ मुक्त हलिया घरधुरीपरिवारले आफूहरुको सुरक्षित स्थानमा पुनःस्थापनाका साथै जिविकोपार्जको व्यवस्थाको माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार मुक्त हलियाहरु प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् ।
आफूहरुले लालपूर्जा पाएको १० वर्ष वितिसक्दा समेत अहिलेसम्म जमिन नपाएको उनीहरुले बताएका थिए । उनीहरुले प्रदेश सरकारले आफूहरुको उचित व्यवस्थापन गदिनुपर्ने माग समेत राखेका थिए ।
ज्ञापन पत्र बुझदै मन्त्री थापाले मुक्त हलियाका समस्याका बारेमा आफू जानकार नै रहेकाले तीनै तहको सरकार सँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने बताए ।