अत्तरिया : कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । गोदावरी नगरपालिका(७ को मगर टोलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय देवबहादुर साउदले चलाएको नम्बर नखुलेको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका साउदको बेहोस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएको छ । उनले घरमा राखेको अवस्थामा सागर साउदको नम्बर नखुलेको मोटरसाईकल चलाएका थिए ।