कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

अत्तरिया : कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट एक नाबालक सहित २ जना र धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १०० मिलिग्राम खैरो हेरोईनसहित सोमवार पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समुह, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटीगएको संयुक्त प्रहरी टोलीले भन्सार नजिकबाट एक नाबालक सहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

बा ६४ प ९३४२ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार नाबालकको खल्तीमा लुकाई–छिपाई राखेको अवस्थामा ७ ग्राम ७२० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकल चालक उपमहानगरपालिका–१३ बस्ने १८ वर्षीय भुपेन्द्र राना र मोटरसाईकलको पछाडी सवार नाबालकलाई नियन्त्रणमा लिईएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.