अत्तरिया : कैलालीको गोदवरी नगरपालिका वडा नम्बर ५ को कार्यालय नजिक ४१ हजार रुपियाँ नगद बेवारिसे अवस्थामा भेटिएको छ । स्थानीय चक्रबहादुर बोहरा र बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका निर्वमान उपाध्यक्ष टेक बहादुर बुढाले बाटोमा बेवारिसे अवस्थामा ४१ हजार नगद फेला पारेका हुन् ।
उनीहरुले सो नगद वडा नम्बर ५ का वडा अध्यक्ष सुद्धिराम चौधरीलाई बुझाएका छन् । चौधरीले मोबाइल ९८४८४९४८७६ मा सम्पर्क गर्न र प्रमाण पुरर्याएर लैजान नगद धनीलाई आग्रह गरेका छन् ।