अत्तरियामा कापी किन्न हिंडेकी सन्तोशी बेपत्ता

अत्तरिया : कैलालीमा एक किशोरी बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–९ बल्मी बस्ने १६ वर्षीया सन्तोशी दौडी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी घरबाट कापी किन्छु भन्दै घरबाट अत्तरियातर्फ निस्किएकी थिइन् तर घर नफर्किएपछि भने खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको छ । दौडी अत्तरियाको लोटस बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययन गर्दै आएकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.