राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडीलाई गोदावरी नगरद्वारा सम्मान

अत्तरिया, १० बैशाख : घोडाघोडी नगरपालिकामा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गोदावरी नगरपालिकाका विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूले उल्लेखनीय सफलता हात पारेका खेलाडीहरुलाई सम्मान गरेको छ ।
प्रतियोगितामा गोदावरीका प्रतिनिधि टोलीले १२ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्दै कुल ३९ पदकसहित जिल्लाभर तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । उक्त उपलब्धिलाई सम्मान गर्न गोदावरी नगरपालिका शिक्षा शाखाको आयोजनामा एक विशेष सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमाणपत्र, पदक तथा सम्मान प्रदान गरिएको छ ।
नगर प्रमुख बिरेन्द्र भट्टले प्रतिभाशाली विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भने, खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक र मानसिक विकाससँगै नगरको गौरव बढेको छ । यस्ता अवसरहरूले आगामी पुस्तालाई थप प्रेरणा दिनेछ ।’
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडानं १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, वडा नं ९ का वडा अध्यक्ष रामलाल राना, प्रशासकीय अधिकृत शिवराज भाट, प्रशिक्षक विधा प्रमुख, विद्यालयका प्रतिनिधि, अभिभावक तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.