Agni Offset Press

कैलालीमा बस दुर्घटना हुँदा १३ जना घाइते

Aarati simant

अत्तरिया : काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.