Agni Offset Press

मिस पबीको १६ वर्षकै उमेरमा विवाह र पछि डिभोर्स

Aarati simant

अत्तरिया : मिस पबी उपनामले परिचित पवित्रा साकीले पहिलोपटक आफ्नो डिभोर्सको विषयमा मुख खोलेकी छन् । ९ वर्षअघि नै विवाह डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् ।

केही समयदेखि मिस पबीको निजी जीवनका विषयमा विभिन्न गाईंगुईंहरु चल्ने गरेका थिए । उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा लिक भएको थियो । तर, यो विषयमा मिस पबीले यसलाई अस्वीकार गर्दै आएकी थिइन् । धेरैले उनलाई अविवाहित युवतीकै रुपमा चिन्छन् । गत वर्ष एउटा युट्युब च्यानललाई दिएको अन्तरवार्तामा उनले आफ्नो विवाह नभएको, बरु एकजना ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन् ।
अन्ततः मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् । यो कानूनतः बालविवाह थियो । नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

डिभोर्सको कारणबारे उनले केही बोलेकी छैनन् । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा उनी निकै भावविव्हल बनिन् । सो अन्तरवार्तामा उनीसँगै कमेडियन पवन खतिवडा म्याकुरी पनि थिए । म्याकुरी पनि डिभोर्सी कलाकार हुन् । पछिल्लो समयमा उनीहरुले टिभी रियालिटी शो कमेडी दरबारमा सहकार्य गरिरहेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.