शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

एमालेबाट समानुपातिक सांसद पन्त वैशाख १० गते मन्त्री नियुक्त भएका हुन्‌। यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए। माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए। नवनियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ।

शिक्षकहरू शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँकेन्द्रित प्रदर्शनमा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.