Agni Offset Press

बाह्रवनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १४४ मत खस्यो

Aarati simant

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर– ६ मा कार्यालय रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

आज बिहान ८ बजेबाट गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा, गोदावरी, धनगढी र चुरेका उपभोत्तातर्फ १४६ मतदाता रहेकोमा १४४ मत खसेको निर्वाचन अधिकृत उजिरसिंह कुँवरले बताएका छन् ।

समितिका १६ पदका लागि ४५ जना उमेदवार मैदानमा छन् । सबै संगको समन्वयपछि आजै मत गणना गरिने कुँवरले बताएका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.