अत्तरिया, १३ बैशाख : अत्तरियामा रहेको सन्त निरंकारी मिसन द्वारा मानव एकता दिवसहरूको अवसरमा रक्तदान शिविर सम्पन्न भएको छ ।
मानवता, सेवा र एकताको सन्देश बोकेको सन्त निरंकारी मिशनले विश्वव्यापी रक्तदान अभियान अन्तर्गत अत्तरियामा पनि रक्तदान शिविर सम्पन्न गरेको हो । शनिबार सन्त निरंकारी सत्संग भवन अत्तरियामा सञ्चालन गरेको उक्त रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत सङ्कलन भएको छ ।
बाबा गुरु वचन सिंङ को १९८० अप्रिल २४ का दिन उनको मानव बिरोधि कटर पन्तीहरुले हत्या गरेको बिरोध मा २४ अप्रील को दिन लाई सम्झेर खुनको बदला खुन भन्ने उदेस्यका साथ सन्त निरंकारी मण्डलमा रक्त दान शिविर आयोजना गरिएको सन्त निरंकारी सत्सग अत्तरिया शाखा प्रमुख दिपक सिङ ज्युले बताए । बाबा गुरुवचन सिंङको हत्यापछि धेरै सद्गुरु आक्रोशित भएका थिए कि बदला लिनुपर्छ भनेर त्यसपछि बाबा गुरुवचन सिंङको आदेशलाई मानेर मानिसको रगत नालीमा होइन नाडिमा बगाऔं भन्ने कुरालाई आत्मसाथ गर्दै रक्तदान शिविर आयोजना गरेको उनले बताए ।
सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागिताले युवाहरूको मानवीय योगदान र सेवाभावलाई प्रकट गरेको र विश्वभर उपचारका क्रममा रगतको अभावका कारण बर्सेनि लाखौं मानिसको मृत्यु हुने गरेको छ । तर जब एक व्यक्तिले रगत वा प्लाज्मा दान गर्दछ, यो एक जीवन रक्षक उपहार झैँ मानिसको ज्यान जोगाउने एउटा महत्वपूर्ण माध्यम बन्ने गर्छ । रक्तदान गरेपछि जुन रगत बिरामीले पाउँछन्, यसले उनीहरूलाई फाइदा पु-याउने त भइहाल्यो, यसले रक्तदाताको स्वास्थ्यलाई पनि फाइदा पु-याउँछ सन्त निरंकारी मण्डलका ज्ञान प्रचारक करन सिंह सुनारले बताए ।
सम्बन्धित पाेस्टहरु