Agni Offset Press

कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । उनका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.