Agni Offset Press

काँग्रेस सुदूरपश्चिमका महामन्त्री मनु शाह चढेको गाडी दुर्घटनामा

Aarati simant

अत्तरिया : नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) चढेको गाडी दुर्घटनामा परेको छ । परिवारका सदस्य सहित धनगढीबाट भारतको दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ । तीन जनाको अवस्था सामान्य छ । शाह चढेको गाडी बससंग ठोकिएको हो । दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.