समाजसेवी पाठक द्वारा धनगढीको कपडा बैङ्कलाई ३३ थान कपडा सहयोग

अत्तरिया, १८ बैशाख : धनगढीस्थित कपडा बैङ्कले नेपाली काँग्रेसका नेता एवं स्थानीय समाजसेवी डाक्टर लक्ष्मीराज पाठकले ३३ थान कपडा सहयोग गरेका छन् ।
गोदावरी नगरपालिका–६, बडेहा निवासी पाठकले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त कपडा सहयोग गरेका हुन् । कपडा बैङ्कलाई हस्तान्तरण गरिएको कपडाले आर्थिक अभावमा रहेका तथा आवश्यकता पर्ने व्यक्तिहरूलाई सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
कपडा बैङ्क धनगढीमा सञ्चालनमा रहेको एक परोपकारी संस्था हो, जसले आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ । संस्थाले यसअघि पनि विभिन्न सहयोगी तथा दाताहरूको माध्यमबाट आवश्यक कपडाको जोहो गर्दै आएको छ ।
डाक्टर पाठकले अगाडि भने, सामाजिक कार्यमा सानो प्रयास पनि ठूलो परिवर्तन ल्याउन सक्छ । मैले कपडा सहयोग गरेर समाजमा सकारात्मक प्रभाव पार्न चाहेको छ ।’ सानो पुण्य कार्यले सबै असहाय दिन दुखीहरूका लागि महत्वपूर्ण हुने समेत उनले बताए । जुन यस संस्थाले विभिन्न दाताहरूबाट कपडा सङ्कलन गरेर जुन खालको कार्य गरेको छ यो शरणीय रहेको उनले बताए ।
कपडा बैङ्कका प्रतिनिधिहरूले डाक्टर पाठकलाई धन्यवाद व्यक्त गर्दै अन्य दाताहरूलाई पनि सहयोगको लागि प्रेरित गर्न यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.