अत्तरियामा ३८ पिन्ट रगत संकलन

अत्तरिया, १८ बैशाख : कैलालीमा बिहीबार सम्पन्न भएको ‘प्रेम स्मृति बृहत रक्तदान कार्यक्रम’ बाट ३८ पिन्ट रगत संकलन गरिएको छ । जय गोदावरी अभियानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले जीवन बचाउने महत्वपूर्ण कार्यमा समाजको सक्रिय सहभागिता जुटाएको छ ।
कार्यक्रम जय गोदावरी अभियानका संयोजक धन बहादुर बोगटीको नेतृत्वमा सम्पन्न भएको हो । संयोजक बोगटीका अनुसार रक्तदान कार्यक्रम दिउँसो अत्तरियाको खुला स्थानमा सञ्चालन गरिएको थियो । जहाँ स्थानीय बासिन्दादेखि युवाहरूले समेत उल्लेख्य संख्यामा सहभागिता जनाए ।
“प्रेम र सेवा भावनालाई समर्पित यस रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत संकलन भएको छ,” संयोजक बोगटीले बताए । उनले यस्तो खालको कार्यक्रमले समाजमा रक्तदानप्रति चेतना जागरण र आपसी सहयोगको भावना बलियो बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय युवाहरू, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो । आयोजक जय गोदावरी अभियानले यस कार्यक्रमलाई नियमित बनाउँदै भविष्यमा अझ व्यापक बनाउने योजना रहेको जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.