घोडाघोडीमा आफ्नै भाउजुमाथि बलात्कार गर्न खोज्ने देवर पक्राउ

अत्तरिया : कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षमा देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए ।

युवकले घरमै ढोका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.