एकीकृत समाजवादीद्वारा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको माग

अत्तरिया, १९ बैशाख : नेकपा (एकीकृत समाजवादी) ले कैलालीको गेटामा अविलम्ब मेडिकल विश्वविद्यालय सञ्चालनको माग गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिह थापालाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो ।
पार्टीका पोलिटव्यरो सदस्य तथा प्रदेश सह–इचार्ज दीर्घ सोडारीको नेतृत्वमा समाजवादीले २१ बुँदे माग राख्दै कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको १ नम्बर बुँदामै भनिएको छ, ‘गेटा (सहिद दसरथचन्द) स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धि हुने कानूनी र संरचनागत प्रक्रिया छिटो टुंग्याई यथासक्य सञ्चालनको माग गर्दछौं ।’
सुदूरपश्चिम प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, सुशासन, पारदर्शीता, जबाफदेहिता लगायतका विषयहरू ज्ञापन पत्रमा समेटिएको प्रदेश सचिव सुरेन्द्रमान कार्कीले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापाले ज्ञापन पत्रमा समेटीएका जायज मागहरु सरकारले सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य र कैलालीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.