
अत्तरिया, १९ बैशाख : गोदावरी नगरपालिकामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ विविध कार्यक्रमसहित सम्पन्न भएको छ । ‘डिजिटल लिटरेसी फर साइबर सेक्युरिटी’ भन्ने मूल नाराका साथ आयोजित विशेष कार्यक्रम कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा तथा गोदावरी नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
क्यान सुदूरपश्चिम प्रदेश अध्यक्ष धिरेन्द्र बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय व्यवसायीहरू लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूलाई साइबर अपराधबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष अभिमुखीकरण तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षकका रूपमा क्यानको तर्फबाट सरिता न्यौपाने, नेपाल प्रहरीका जीवन चौधरी र सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र जोशीले सहभागीहरूले साइबर अपराध, डिजिटल सावधानी र सुरक्षित इन्टरनेट प्रयोगका विषयमा महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।
नगर प्रमुख भट्टले कार्यक्रमको प्रशंसा गर्दै यस्तो प्रकारको अभिमुखीकरणले डिजिटल युगमा बढ्दो साइबर अपराधप्रति समुदायलाई सचेत बनाउने र सूचना सुरक्षाको सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमले डिजिटल साक्षरताका साथै सुरक्षित इन्टरनेट उपयोग गर्ने कुरामा आयोजक पूर्ण विश्वस्त रहेको छ ।
