बस र ईभी गाडी आपसमा ठोक्किए, ३ जना घाइते

अत्तरिया : भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी गाडी (हाइस) ठोक्किँदा तीन जना घाइते भएका छन्।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको प्रहरीले जनाएको छ। यतिबेला घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.