कैलाली हरैयाका आशाराम चौधरी हेटौडाबाट हराए

अत्तरिया : गोदावरी नगरपालिका वडा नं ७ हरैया निवासी आशाराम चौधरी बेपत्ता भएका छन् । हेटौडा कामको सिलसिलामा पुगेका अन्दाजी ५० वर्षका चौधरी हेटौडाको गुम्बा चोक बाटै हराएका हुन ।वैशाख १५ गतेका दिन अत्तरिया देखि हेटौडा ठेकेदार नाजीम शाह संग कम्पनीको कामको सिलसिलामा गएका थिए भने हेटौडा पुगेको अर्को दिन सम्पर्क विहिन भएको ठेकेदार नाजीम शाहले जानकारी दिए ।
ठेकेदार शाहले अत्तरिया बाट टिनको कुप्पी बनाउने कामको सिलसिलामा चौधरी सँगै थप २ जनालाई हेटौडा लगेको र हेटौडा पुगेका चौधरी अर्को दिन बिहान ५ सय रुपैयाँ मागेर बजार तर्फ निस्केको बताए । त्यसपछि चौधरी कोठामा नफर्केपछि ठेकेदार लगायत उनीसँग गएका टोलीले खोजी क्रम जारी गरेको र प्रहरी कार्यालयमा उजुरी समेत गरेको बताए । बेपत्ता भएका चौधरी संग कुनै सम्पर्क हुन नसकेको ठेकेदार शाहले जानकारी दिएका छन् ।
उनलाई कोही महानुभावले भेटे भने ९८२८३५०८३६ र ९८२४६०७२७४ सम्पर्क मा खबर गरिदिनु हुन वा नजिको प्रहरी कार्यालयमा खबर गरिदिनु उनको परिवारले र ठेकेदार शाहले आग्रह गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.