Agni Offset Press

गोदावरी–७ लालपुरमा महायज्ञ सुरु

Aarati simant

अत्तरिया, २३ बैशाख : गोदावरी नगरपालिका वडा नं. ७, लालपुरमा रहेको ग्वासी समैजी तथा प्रकटेश्वर शिव मन्दिर परिसरमा महायज्ञ सुरु भएको छ ।
श्रीमद्भागवत पितृ मोक्ष सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गरेका हुन । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख भट्टले भने, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अतिनै महत्वपूर्ण यो पवित्र स्थलमा सुरु भएको महायज्ञले समाजमा सकारात्मक ऊर्जा फैलाउने बताए ।
उनले भने, गोदावरी नगरपालिका आफैँमा पवित्र धार्मिक तीर्थस्थलको नामबाट नामाकरण गरिएको हो । हामीले धर्म र संस्कृति जोगाउन मात्र होइन, यहाँ आध्यात्मिक पार्क निर्माणको अभियानलाई पनि अगाडि बढाउँदैछौँ । पालिका सधैं यस्तो पुण्यकार्यमा साथ दिन तयार छ ।’
नगर प्रमुख भट्टले महायज्ञ जस्ता कार्यक्रमहरूले धार्मिक चेतना फैलाउने, सामाजिक एकता बलियो बनाउने र भविष्यका पुस्तालाई धर्म र संस्कृतिप्रति प्रेरित गराउने काम गर्ने विश्वास व्यक्त गरे । ‘मन्दिर क्षेत्रको सर्वाङ्गीण विकासका लागि यस्ता आयोजनाहरू अत्यन्त आवश्यक छन्, उनले भने, गोदावरी नगरपालिकाले आवश्यक सहयोग गर्दै जानेछ । हाम्रो चाहना यो क्षेत्र आध्यात्मिक पर्यटन केन्द्रको रूपमा चिनियोस् ।’
कार्यक्रममा पूर्वसन्ध्यामा कलश यात्रा निकालिएको थियो भने, प्रमुख वाचकका रूपमा अच्युत शरण महाराज (धिताल) र यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन् । साथै बाल संस्कार अभियन्ता समीक्षा दास गिरीको विशेष सहभागिता पनि रहने आयोजक समिति विष्णु राज जोशीले जानकारी दिए ।

यही वैशाख २९ गतेसम्म लाग्ने महायज्ञ मन्दिरको सर्वाङ्गीण विकासका लागि आयोजना गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष खडक ओलीले जानकारी दिए । उनले महायज्ञले मन्दिरको सर्वाेपरी विकासमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.