
अत्तरिया, २३ बैशाख : जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले सम्हालेका छन् । एसपी राणाले मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
प्रहरी उपरीक्षक पदमबहादुर विष्टको सरुवा भएपछि नयाँ प्रमुखका रूपमा राणा यहाँ हाजिर भएका हुन् । उनी यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकमा कार्यरत थिए ।
उनलाई मंगलबार कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकी, कार्यालयका प्रहरी प्रवक्ता प्रनाउ राजकुमार सिंहलगायतले स्वागत गरेका थिए ।
एसपी विष्टको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँ काज सरुवा भएको थियो ।
