बाजुरामा एक जना मृत भेटिए

अत्तरिया : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित फालासैन साफे–मार्तडी सडकखण्डको नालामा ३८ वर्षीय नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन्। थापा सोही स्थानका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार, थापाको शव सडकछेउको नालामा फेला परेपछि घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। मृतकको शरीरमा देखिने चोटपटक वा अन्य शारीरिक अवस्थाबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.