Agni Offset Press

पोखरा महानगर-४ का अध्यक्ष पराजुली पक्राउ

Aarati simant

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ । पराजुलीले पोखरा महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि मंगलबार नै कुटपिट गरेको आरोप छ । कुटपिटको विरोधमा महानगरपालिकाका कर्मचारीले बुधबार सेवा–प्रवाह ठप्प पारे ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.