Agni Offset Press

कञ्चनपुरबाट ७ लाख ५३ हजारको सामान बरामद

Aarati simant

कञ्चनपुर : कञ्चनपुरबाट ७ लाख ५३ हजारको सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–११ गड्डाचौकी, बेलौरी नगरपालिका–२ टेडुवा र पुनर्वास नगरपालिका–६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य ७ लाख ५३ हजार ६२५ बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.