लेनदेन मुद्दामा फरार धनगढीका एक जना पक्राउ

अत्तरिया : लेनदेन मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन मुद्दामा २ वर्ष दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने ४५ वर्षीय दानबहादुर साउद पक्राउ परेका छन्। साउदलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.