Agni Offset Press

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ : कुनै पूर्वाग्रह थिएन

Aarati simant

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा प्रहरीको कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा १७ वैशाखमा सर्वोच्च अदालतको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेको विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरीले कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नराखेको बताएका हुन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.