
अत्तरिया, २५ बैशाख : डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा अटोको ठक्करबाट एक ४ वर्षीय बालकको मृत्यु भएको छ । बिहिबार साँझ ५ बजे कैनघाडीबाट गोदाम बजारतर्फ आउँदै गरेका पैदलयात्री विवेक बिकलाई बिपरीत दिशाबाट जोगबुढातर्फ आउँदै गरेको अटोले ठक्कर दिएको हो । विवेक स्थानीय बिक्रम बिकका छोरा हुन् ।
ठक्करपछि अटो पल्टिएर पैदलयात्रीसहित अटोमा सवार अन्य दुई जना यात्रु पनि घाइते भएका छन् । गम्भीर घाइते भएका विवेक बिकलाई एम्बुलेन्समार्फत जोगबुढा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक भने दुर्घटनापछि फरार भएका छन् ।
