Agni Offset Press

मुख्यमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसंग छलफल

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गरेका छन ।
आज (शुक्रवार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल भएको हो । छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपारिधिक क्रियाकलाप नियन्त्रणका र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको थियो । साथै सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा छलफल भएको छ ।

सीमामा हुने लागुऔषध नियन्त्रण, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटनाहरु बढी रहेको अवस्थामा सीमा निगरानी कडाइका सुरक्षा निकायले बताएका छन । लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीहरुलाई समात्न सुरक्षाको प्रभावकारितालाई बढाइएको सुरक्षा निकायले बताएका थिए ।

छलफलमा विभागिय मन्त्रीहरु, विभागिय सचिब, प्रमुख जिल्ला अधिकारीका साथै सुदूरपश्चिमका सबै सुरक्षा निकायमा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.