Agni Offset Press

कैलारीमा १७ वर्षीया किशोरी मृत फेला

Aarati simant

अत्तरिया, २६ बैशाख : कैलालीको कैलारी गाउँपालिका–५ हसुलियामा एक १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा स्थानीय पार्वती कुमाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी बिहिबार राति घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले पुष्टि गरेको हो ।
प्रहरीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिए पनि घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मृतक पार्वतीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा ल्याइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको कारणबारे थप स्पष्ट हुने प्रहरी स्रोतको भनाइ छ । घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.