Agni Offset Press

गोदावरी नगरपालिकाद्वारा धार्मिक भ्रमणका लागि जेष्ठ नागरिक लाई विदाई

Aarati simant

अत्तरिया, २६ बैशाख : गोदावरी नगरपालिका, कैलालीले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै ५ दिने धार्मिक अध्ययन अवलोकन भ्रमण आयोजना गरेको छ । भ्रमणका लागि आयोजित विदाई कार्यक्रममा टीका तथा खादा लगाई सम्मानपूर्वक बिदा गरिएको थियो ।
महिला तथा बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीका अनुसार भ्रमणमा सहभागीहरूले सुनसरीको चतराधाम, चितवनको देवघाट, जनकपुरधाम र लुम्बिनीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
विदाई समारोहमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले सहभागी जेष्ठ नागरिकहरूलाई सफल यात्राको शुभकामना व्यक्त गरे । त्यस्तै, गोदावरी नगर प्रवक्ता गोपालदत्त भट्टले पनि जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै शुभकामना दिएका थिए ।
धार्मिक भ्रमणमा नगरपालिकाका सबै १ देखि १२ वडासम्मका ४५ जना जेष्ठ नागरिकहरू सहभागी छन् । कार्यक्रमको आयोजना गोदावरी जेष्ठ नागरिक समाज, अत्तरियाले गरेको हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.