Agni Offset Press

सहज रूपमा सूचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी हमालको निर्देशन

Aarati simant

अत्तरिया, २६ बैशाख : कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सूचना मागकर्तालाई सही सूचना सहज रूपमा उपलब्ध गराउन सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरूलाई निर्देशन दिएका छन ।
हुलाक निर्देशनालयले शुक्रबार धनगढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी छलफल कार्यक्रममा उनले दिन मिल्ने सूचना सहज रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन । सूचना पाउने हक कानुनमा नै व्यवस्था भएकाले सार्वजनिक निकायबाट माग गरेको सूचना पाउनु नागरिकको अधिकार रहेको उनको भनाइ छ । ‘हामी अझ जिम्मेवार भएकाले कानुनको अक्षरस पालन गर्नु हाम्रो कर्तव्य हो, हमालले भने, सूचना मागकर्ता नेपाली नागरिकलाई दिन मिल्ने सूचनाहरू अनिवार्य रूपमा दिनुपर्छ ।’
सूचनाको हकको प्रभावकारी कार्यान्वयनले सुशासन, पारदर्शीता कायम हुने प्रमुख जिल्ला अधिकारी हमालको विश्वास छ । उनले हरेक कार्यालयका प्रत्येक निर्णयको एक प्रतिलिपी सूचना अधिकारीलाई दिने व्यवस्था मिलाउनु पर्ने बताए । ‘त्यसो भएमा सूचना अधिकारीलाई सबै कुरा जानकारी हुने भएकाले सूचना दिन सहज हुन्छ, हमालले भने ।
कार्यक्रममा हुलाक निर्देशनालयका निर्देशक जितेन्द्र विकले सार्वजनिक निकायलाई जिम्मेवार, पारदर्शी बनाउन र नागरिकलाई सुसूचित गर्नका लागि सूचनाको हकको व्यवस्था भएको बताए । सार्वजनिक निकायले पाँच प्रकारका सूचनाबाहेक बाँकी सबै सूचना नियम बमोजिम माग गरेका मागकर्तालाई दिन जरुरी रहेको उनको भनाइ थियो ।
सरकारी कार्यालयहरूले २० प्रकारका सूचनाहरू तीन÷तीन महिनामा स्वतः प्रकाशन गरेर नागरिकलाई सुसूचित गर्ने व्यवस्था रहेको उनले बताए । कार्यक्रममा कैलाली रहेका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीको सहभागिता रहेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.