गोदावरी नगरपालिकाको ज्ञान ज्योति सेकेण्डरी स्कूलमा आयोजित “पोटेरी“ तालिम सम्पन्न

अत्तरिया,२६बैशाख।कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयमा आयोजित दुई हप्ते “पोटेरी“ तालिम शुक्रबार सम्पन्न भएको छ।

काठमाडौं युनिभर्सिटीको आर्ट एण्ड क्राफ्ट विभाग र ज्ञानज्योति स्कुलको सहकार्यमा दुई हप्ते पोटरी तथा सेरामिक मेकिङ्ग ट्रेनिङ सम्पन्न भएको हो।माटोबाट विभिन्न रचनात्मक भाँडाकुँडा निर्माण गर्ने सीप प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त तालिममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।“हातहरू माटोसँग मिसिन्छन् र रचनात्मकता स्वतन्त्र रूपमा बग्छ” भन्ने उद्देश्य सहित आयोजित तालिममा ३५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।उनीहरूले तालिम अवधिमा माटोको तयारी, आकार दिने तरिका, डिजाइन तथा सृजनशीलताको अभ्यास गरेका थिए।उक्त तालिमको काठमाडौं विश्वविद्यालय बाट सबिता कुमाल, जस्मिता थारु र ज्ञान बहादुर थारु प्रशिक्षकले सहजीकरण गरेका थिए।यस्तै विद्यालयका संस्थापक गजगबिर थापाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई समयअनुकूल सीप सिकाउने, पछि गएर व्यवसायीको रुपमा अघि बढाउन सहज हुने,सामाजिक उत्तरदायित्व बोध गराउने र शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको जानकारी दिए।

विद्यालयले परम्परागत कला संस्कृति लाई जोगाउन तथा आधुनिकीकरण गरि विद्यार्थीलाई नयाँ सोच, विकासका साथै ईन्टरप्रिनरसिप बनाउन यो तालिम सञ्चालन गरिएको थापाले जानकारी दिए।यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि हुनुका साथै भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन मद्दत पुग्ने विद्यालय थापाले जानकारी दिए। विद्यालयले आगामी दिनहरूमा पनि यस्तै सिर्जनात्मक र विद्यार्थी–केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।तालिम ज्ञान ज्योति माध्यमिक विद्यालय, किड्स जोन विद्यालय र एभरेष्ट एकेडेमीले सहकार्य गरी आ–आफ्नो विद्यालयमा सञ्चालन गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.