कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अत्तरिया : कैलालीमा मोटरसाइकल दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–१ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै आइतबार राति भएको दुर्घटनामा लम्कीचुहा–२ निवासी ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार रिमालले चलाएको से ७ प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.