
अत्तरिया : हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
