Agni Offset Press

कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ

Aarati simant

अत्तरिया : कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। चुरे गाउँपालिका–४ की २५ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ। स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो।
डीएसपी चन्दले भने, “किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो। अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए।” किशोरीको मानसिक अवस्था अस्वस्थ भए पनि उनी शान्त अवस्थामा मात्र केही कुरा गर्ने तर एकाँसी रिस, झोकको प्रतिक्रिया देखाउने भएकाले बयान संकलनमा केही समय समस्या हुने डीएसपी चन्दले बताए।
पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ। तथापि, उनीहरूको परिचय केही दिनभित्र सार्वजनिक गरिने डीएसपी चन्दले बताएका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.