गोदावरी र टीकापुरको दुई फरार प्रतिबादी पक्राउ

अत्तरिया : कैलालीको टीकापुर र गोदावरीको दुई फरार प्रतिबादी पक्राउ परेका छन्। लगूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–९ बस्ने ३६ वर्षीय लिलेन्द्र कुमार थापा र हातहतियार खरखजाना मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–६ बस्ने ५८ वर्षीय यज्ञराज शाह पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.