बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

अत्तरिया, ३१ बझाङ : बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए । मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५ सय मिटर तल खोलामा खसेका थिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भिरालो जमिनमा काम गर्दै गर्दा धेरै स्थानीयले ज्यान गुमाउने गरेको अप्रिय घटना सार्वजनिक हुने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.