गोदावरी नगरपालिकाको वडा भेला, १ नम्बर वडाले १ करोड २० लाखको बजेट सार्वजनिक

अत्तरिया : कैलाली गोदावरी नगरपालिकामा वडा भेला शुभारंभ गरिएको छ। १२ वटा वडाहरु रहेका गोदावरी नगरपालिका क्रमश सुरु गरिने ९ औं वडा भेला बिहीबार देखि सुरु गरिएको हो। गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले वडा नं १ को वडा भेलाको उद्घाटन गरेका हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत वडाध्यक्ष गोपाल दत्त भट्टले गरेका छन्। १ नं वडामा बजेट सिलिङ आ व ०८२\०८३ को लागी १ करोड २० लाख ९७ हजार ९ सय ९२ रुपैयाँ बजेट प्राप्त भएको छ। जसमा समानीकरण ७० लाख र सूत्रमा आधारित बजेट ५० लाख ९७ हजार ९ सय ९२ रुपैयाँ रहेको छ।

पूर्वाधार विकास तर्फ ८० लाख, सामजिक विकास तर्फ १५ लाख ५९ हजार,आर्थिक विकास तर्फ १३ लाख ३० हजार, बन तथा वातावरण क्षेत्र तर्फ १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ १० लाख ६७ हजार ९ सय ९२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.