कञ्चनपुरमा मलामी जाँदै गरेका सशस्त्र प्रहरीका सेवा निवृत्त हवलदारको दुर्घटनामा मृत्यु

अत्तरिया : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय सेवा निवृत्त सशस्त्र प्रहरी हवलदार नकुल रानाको दुर्घटनामा परि मृत्यु भएको छ। छिमेकी गुरुङ थरकी महिलाको मलामी जाँदै गरेका राना भीमदत्त नगरपालिका–९ स्थित ब्रहमदेवमा ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका थिए।

म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.