गोदावरी नगर वडा नम्बर २ को भेला, १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बजेट विनियोजन

अत्तरिया : गोदावरी नगरपालिका २ नं वडा भेलाले १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाध्यक्ष यज्ञ बहादुर महराको सभापतित्वमा आयोजित नवौं वडा भेलामा नीति तथा कार्यक्रम प्रस्तुत वडा सदस्य देवराज भट्टले गरेका थिए । सदस्य भट्टले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरबाट प्राप्त भएको बजेट सिलिङ्ग अनुसार आव २०८२/०८३ को लागी जम्मा १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ रहेको जानकारी दिए । जसमा समानीकरण बजेट ७० लाख र ४७ लाख ७ हजार ७७ रकम सूत्रमा आधारित बजेट रहेको उनले जानकारी दिए ।
यस्तै वडामा भएको प्राप्त बजेटको आ व ०८२\०८३ का लागी पूर्वाधार विकास तर्फ ५७ लाख रहेको छ । सामाजिक बिकास तर्फ १७ लाख रहेको, आर्थिक विकास तर्फ २० लाख रहेको छ भने यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ १५ लाख रहेको र शुसाशन तथा अन्य क्षेत्र तर्फ ७ लाख रुपैया रहेको छ ।
आगामी आर्थिक बर्ष ०८२\०८३ मा सञ्चालन हुने योजना तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि यस वडाले अवलम्बन गर्ने नीती तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । गोदावरी नगरपालिकाबाट सिलिङ बजेट रकमको सिमालाई आधार मानेर बस्तीबाट प्राथमिकतामा परेका कार्यक्रमहरुलाई नै वडालाई प्राप्त हुने बजेट रकमबाट सञ्चालन हुने गरी प्राथमिकतामा राखेको छ । त्यसमा पनि गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने खालका योजना तथा कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखेको । बढदो शहरीकरण र सरसफाईलाई सार्थकता दिन आधुनिक शहरीकरणको अवधारणा स्वच्छ र सरसफाईमा रहेको ।

वडा को प्राप्त हुने बजेट रकमबाट सञ्चालन हुन नसक्ने योजनाहरु जस्तै गोदावरी नदी नियन्त्रण, लामीताल संरक्षण एवम सम्बद्धन, बसपार्क निर्माण, रंगशाला निर्माण, उद्यान निर्माण, खेलमैदान, क्याम्पसको स्तरोन्नती, अत्तरिया चौकमा रहेको पार्क संरक्षण एवम सम्र्बद्धन वडा कार्यालय भवन, बिद्यालयका भवनहरु, सडकहरु कालोपत्रे गर्ने कार्य, सहरी स्वास्थ्य क्लीनीक, गोदावरी आर्यघाट ब्यबस्थापन लगायतका ठुलो योजना तथा नगरका साझा योजना सञ्चालन गर्न नगरपालिका, प्रदेश सरकार तथा संघ सरकार समक्ष सिफारिसका लागि प्राथमिकतामा राखेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.