अत्तरिया, २ जेठ : कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिँदा घाइते भएका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी शुक्रबार बिहान घर नजिकैको सालको रुख भाँचिँदा गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी रिफर गरिएको थियो । दिउँसो करिब साढे १२ बजेतिर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु