गोदावरी नगरपालिका वडा नं ३ को वडा भेला, ९५ लाख ९४ हजार ८५ रुपैयाँ बजेट सार्वजनिक

अत्तरिया, २ जेठ : गोदावरी नगरपालिका वडा नं ३ ले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागी बजेट सार्वजनिक गरेको छ । शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उद्घाटन गरिएको वडाको नवौं वडा भेलाले आगामी आर्थिक वर्षको लागी ९५ लाख ९४ हजार ८५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । नगरपालिका बाट प्राप्त बजेट सिलिङ् अनुसार समानीकरणमा ७० लाख र २५ लाख ९४ हजार ८५ रुपैयाँ सूत्रमा आधारित बजेट रहेको छ ।
समारोहमा वडाको २०८२\०८३ को नीति तथा कार्यक्रमहरु प्रस्तुत वडाध्यक्ष तेजराज अवस्थीले गरेका थिए । पूर्वाधार विकास तर्फ ४० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जसमा सडक कालोपत्रे, ग्राभेल र विद्युत पोल खरिदमा प्राथमिकता रहेको जानकारी दिए । यस्तै सामाजिक विकास तर्फ ३३ लाख रहेको जसमा शिक्षा, स्वास्थ्य, धर्मकला संस्कृति युवा लक्षित कार्यक्रम, खानेपानी लगायत विभिन्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको जनाएको छ । आर्थिक विकास तर्फ कृषिमा ९ लाख र शिपमुलक तालिममा १ लाख ५० हजार रहेको छ । विपत् व्यवस्थापन तर्फ ५० हजार, लागू औषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा ५० हजार लगायत अन्य विभिन्न कार्यक्रमहरुलाई लक्षित गरि बजेट विनियोजन गरिएको जनाएको छ ।
वडा भेलामा विभिन्न दलका जनप्रतिनिधि, समाजसेवी, वडा बासिन्दा लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.